दार्चुलामा बन्ध्याकरण गर्नेको संख्या न्युन, मार्माका तीन जनाले मात्रै सेवा लिए

दार्चुला । दार्चुलामा स्थायी बन्ध्याकरण गर्नेको संख्या बढ्न सकेको छैन् । मार्मा गाउँपालिकाको लटिनाथ स्थास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा तीन जनाले मात्रै सेवा लिएका छन् ।

लटिनाथ स्वास्थ्य चौकीमा आइतबार सञ्चालन भएको स्वास्थ्य शिविरमा एक महिला र दुई पुरुष गरि तीन जनाले मात्रै स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाका अधिकासं स्थानीय तहमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको छ ।

सोही अन्तरगत शनिबार जिल्लाको अपिहिमाल गाउँपालिकाको सौैगन्ना स्वास्थ्य चौकीमा र आज मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको उहाँले बताउनुभयो । यस्तै शिविरमा सेवा लिने सेवा ग्राहीको संख्या भने न्यून रहेको छ । अपिहिमाल गाउँपालिकाको सौगन्ना स्वास्थ्य चौकीमा सञ्चालन गएको शिविरमा ११ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् ।

जिल्लामा अन्य स्थानीय तहमा पनि क्रमशः शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सोमबार नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा शिविर सञ्चालन हुने बताइएको छ । त्यस्तै चैत ११ गते ब्याँस गाउँपालिकाको सुन्सेरा स्वास्थ्य चौकीमा, चैत १३ गते महाकाली नगरपालिकाको जिल्ला अस्पताल गल्फै दार्चुलामा, चैत १४ गते मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकीमा र चैत १५ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालमा शिविर सञ्चालन हुने सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

स्थायी बन्ध्याकरण शिविरमा पुरुषहरुका लागि भ्यासेक्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा उपलब्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?