दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दुहूँ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ६२ / ६३ बर्षीय पदम बहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उहाँको ज्यान गएको चन्दले बताउनुभयो ।

घार हेर्न गएका बम आइतबार अबेर सम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?