नौगाडमा ७ दिने पोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा सञ्चालन गरिएको दोस्रो चरणको स्वास्थ्यकर्मीहरुको बृहत पोषण तथा क्षमता अभिबृद्धि तालिम आज सम्पन्न भएको छ ।

गाउँपालिका भित्रका स्थानीयहरुलाई सचेत गराई कुपोषण घटाउन गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई दिइएको सात दिने दोस्रो चरणको बृहत पोषण तथा क्षमता अभिबृद्धि तालिम आज सम्पन्न भएको हो ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई समुदाय स्तरमा महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने तालिमका मुख्य उदेश्य रहको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सात दिन सम्म सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । नौगाड गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्नाले तालिम पछी गाउँपालिका भित्र पोषण गतिविधि सञ्चालन गर्नका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पोषण गतिविधि समुदाय स्तरमा कसरी सञ्चालन गर्ने भन्ने बिषयमा छलफलबाट जानकारी दिन तालिमको आयोजना गरिएको उपाध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो ।

\सात दिने तालिममा स्वास्थ्य निती, पोषण सम्बन्धिका रणनितीहरु, गर्भवती, सुत्केकरी, नवजात शिशु स्याहार, स्तनपान, खोप, परिवार नियोजन सम्बन्धीका बिषय वस्तु समेटिएका थिए ।

गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्नाको अध्यक्षमा भएको समापन कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत कृष्ण बहादुर बोहरा तथा स्वास्थ्य संयोजक तिलक प्रसाद चापागाई लगायत स्वास्थ्यकर्मीहरुको सहभागितामा रहेको नौगाडबाट लोकदपर्ण सम्वाददाता प्रकाश धामीले जानकारी दिनुभएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?