चौलानी नदिबाट अबैध रुपमा गिट्टी-बालुवा निकासी हुदै

दार्चुला । दार्चुला तथा बैतडीको सीमा भएर बग्ने चौलानी नदिबाट अबैध रुपमा बालुवा तथा गिट्टी निकाल्ने गरेको पाईएको छ ।

नदि क्षेत्रको लेकम गाउँपालिका वडा नम्बर १ चोचेबगड क्षेत्रमा अबैध रुपमा नदिबाट बालुवा तथा गिट्टी निकाल्ने काम नरोकिएको स्थानीयहरुले बताएका छन ।

स्थानीय सरकार आएपछि नदि नाला, वनजंगल स्वामित्व र संरक्षणको जिम्मेवारी स्थानीय तहले पाएका छन । स्थानीय सरकार गठन भए पछि त्यस्ता प्राकृतिक सम्पतीको संरक्षणको आशामा रहेका नागरीकहरु स्थानीय तहले त्यस तर्फ ध्यान नै नदिदा झनै चिन्तीत बनेका छन ।

नदिजन्य उत्खन्नको लागी स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार पारेर अनुमती दिए पछि मात्रै ढुंगा, गिट्टी, बालुवा, माटो झिक्न पाइने मापदण्ड भएपनि नदीबाट त्यस क्षेत्रमा कुनै मापदण्ड विनै धमाधम बालुवा उत्खन्न भइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

हरेक बर्ष उक्त क्षेत्रबाट अबैध रुपमा मनोमानी ठंगले बालुवा, ढुङ्गा, गिट्टी लगायतका नदि जन्य पदार्थ उत्खन्न भईरहेको लेकम गाउँपालिका वडा नम्बर १ का स्थानीय अमर सिंह साउदले बताउनुभयो । उहाँका अनुसार अबैध रूपमा अन्धाधुन्ध नदीजज्य बस्तु उत्खनन् हुँदा नदीले वर्षातमा धार परिर्वतन गर्दा उक्त क्षेत्रमा रहेको खेल मैदान समेत उच्च जोखिममा परेका छ ।

गत बर्ष नै यो विषयमा लेकम गाउँपालिका र प्रहरीलाई जानकारी गराएको भए पनि कुनै सुनुवाई नभएको अर्का स्थानीय हरमल खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो विषयमा हामीले गत बर्ष पनि गाउँपालिका र प्रहरी प्रशासनलाई जानकारी गराएका हौ, अहिले सम्म अबैध नदि जन्य पदार्थ उत्खन्न प्रति लेकम गाउँपालिकाले नै कुनै चाँसो नदेखाउनु दुखद कुरा हो।”

गाउँपालिकाले नदि जन्य पदार्थ उत्खन्नमा ध्यान नदिदा वर्षेनि लाखौ रुपैँया राजस्व समेत गुमाई रहेको छ ।

नदिबाट अबैद नदि जन्य पदार्थ उत्खन्न भइरहेको कुरा लेकम गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दौलत सिंह साउदले पनि स्वीकार गर्नुभएको छ । उहाँले यो विषमा आफुले गाउँपालिकामा कुरा राखेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “नदिबाट बालुवा तथा गिट्टी निकाल्ने कुरा सत्य हो, पारिका (बैतडीका) मान्छेहरु आएर रातीको समयमा टेक्टरमा बालुवा लोड गरेर लैजान्छन। त्यसमा वारी (लेकम क्षेत्र) का स्थानीयहरुको पनि मिलेमतो रहेको हुनसक्छ । स्थानीयका अनुसार लेकम गाउँपालिका वडा नम्बर १ कै स्थानीयहरुको पनि बालुवा उत्खन्नमा संलगनता रहेको छ । एक पक्षले नदि उत्खन्न गर्ने र अर्को पक्षले फेशबुकमा हाल्ने गरेका छन, उहाँले भन्नुभयो ।”

स्थानीयहरुले सामाजिक सञ्चालमा हालेर समस्या समाधान नहुने भन्दै उहाँले त्यस्ता क्रियाकलाप रोक्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

No description available.

 

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?