सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

दार्चुला । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गर्नुभएको थियो । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।

माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा युवा संघको छुट्टै कार्यालय स्थापना गर्नुभएको थियो भने बिहीबार कास्कीमा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीको समानान्तर कमिटी बनाउन माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा जानुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?