प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ

दार्चुला । आज एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्विच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।

अहिले शुभारम्भ भएका १६५ वटा सडकमध्ये कतिपयको विस्तृत आयोजना प्रतिवेदन एवम् अन्य आवश्यक वातावरण अध्ययन भइसकेका छन् भने कतिपय अझै हुन सकेका छैनन् ।

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?