अम्कुर खोला लघु जलविद्युत आयोजना विद्युत प्राधिकरणलाई हस्तातरण गरिने

दार्चुला । दार्चुलाका लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको अम्कुर खोला लघु जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तातरण गरिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ अम्कुरमा रहेको १० किलोवाटको उक्त जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तातरण गर्न लागिएको हो ।

गरिबि निवारण कोषको ३६ लाख र साविकको रिठाचौपाता गाविसको २ लाख गरि ३८ लाखको लागतमा वि.स. २०६९ सालमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको उक्त आयोजनाबाट वडा नम्बर ५ का एक २५ घरधुरी लाभाम्वीत भएका थिए ।

अम्कुर खोला लघु जलविद्युत आयोजनाको कार्यकारी समितीको बैठकले उक्त आयोजना नेपाल विद्युत प्राधिकारण हस्तातरण गर्नै निणर्य गरेको समितीका अध्यक्ष बल्देव बोहराले जानकारी दिनुभयो ।

समितीको बैठकले आवश्यक प्रक्रिया पुरा गरेर छिटै नेपाल विद्युत प्राधिकारण वितरण केन्द्र शाखा दार्चुलाई उक्त आयोजना हस्तातरण गर्ने निणर्य गरेकोे अध्यक्ष बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?