दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाले क्षय तथा कुष्ठ रोगको जाँचपड्ताल शिविर सञ्चालन गर्नेे भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिमा, अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकामा शिविर सञ्चालन गर्न लागिएको हो ।
समाजमा रहेका क्षय तथा कुष्ठ रोगीहरुको खोजी गर्ने उदेश्यले शिविर सञ्चालन गर्न लागीएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकीमा चैत २६ गते शिविर सञ्चालन हुने बताइएको छ ।
त्यस्तै शैल्यशिखर नगरपालिको ग्वानी स्वास्थ्य चौकीमा चैत २७ गते, लेकम गाउँपालिकाको खरकडा स्वास्थ्य चौकीमा चैत २९ गते, मार्मा गाउँपालिकाको गुल्जर स्वास्थ्य चौकीमा २०७८ बैशाख ६ गते, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकीमा बैशाख ८ गते र नौगाड गाउँपालिकामा बैशाख १० गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।







प्रतिक्रिया