महाकालीमा भारतले बनाइरहेको तटबन्ध निरीक्षण गर्दै नेपाली टोली

दार्चुला । नेपाल भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल (तटबन्ध) को नेपाली टोलीले स्थलगत अद्ययन थालेको छ ।

महाकाली नदीमा भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विषयमा मिडिया र संसदमा जानकारी आएपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको छ ।

भारतले बनाइरहेको तटबन्धको निरीक्षण गर्न पाँच सदस्यीय नेपाली प्राविधिकको टोली आइतबार दार्चुला पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा रहेका छन् ।

सीमा क्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले पटकपटक पत्राचार गरेपनि भारतले वेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षसँग समन्वय नै नगरी नेपाली भूमिमा भारतले तटबन्ध बनाइरहेको छ ।

उक्त विषयमा स्थलगत निरीक्षणको लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो । टोलीले सोमबार (आज) तटबन्धको स्थलगत निरीक्षण गरिरहेको छ ।

गत सोमवारको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्रिल १२ तारिख अर्थात् यही चैत ३० गते नेपाल र भारतका नापी अधिकृतको टोलीले महाकालीमा बन्दै गरेको पर्खालको स्थलगत अध्ययन गर्ने र त्रुटि भएमा सच्याउन पहल गर्ने बताउनुभएको थियो ।

भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा पटक–पटक सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले गएको पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गरिरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभएको छ ।

एकतर्फी पर्खाल लगाएको विषयमा भारतसँग कुरा भएको र पर्खाल ठिक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा दुवै देशले संयुक्त अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस : महाकाली मिचेर तटबन्ध बनाउदै भारत, प्रशासनको पत्रको वेवास्ता

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?