दार्चुला । दार्चुलाको भर्तोला–जोलजिबी–सेरा सडकमा तीन करोड बजेट निकासा भएको छ ।
संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना सम्पन्न गर्ने उद्धेश्य अन्तरगत चालु आर्थिक वर्षमा भर्तोला–जोलजिबी–सेरा सडकका लागि तीन करोड बजेट निकासा भएको हो ।
गत चैत २० गतेको नेपाल सरकार मन्त्री स्तरिय निर्णयबाट सुदूरपश्चिम प्रदेशमा निकासा गरिएको सशर्त अनुदानतर्फको बजेटबाट तीन करोड रुपैया भर्तोला–जोलजिबी–सेरा सडकमा निकासा गरिएको अर्थ मन्त्रालय को बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।
अर्थ मन्त्रालयले बजेट निकासा भएको भन्दै महालेखा नियन्त्रण कार्यालयलाई पत्र लेखेको छ भने उक्त पत्रको बोधार्थ महालेखा परीक्षकको कार्यालय काठमाण्डौँ, सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई समेत पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।






प्रतिक्रिया