काडापारीमा चट्याङले पाँच घाइते, दुई घरमा क्षती, एक गाइको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारी मसाडमा चट्याङले दुई घरमा क्षती भएको छ ।

स्थानीय प्रकाशचन्द्र भट्टको घरमा चट्याङले एक गाइको मृत्यु भएको छ । भने दुई बालबालिका सहित पाँच जना घाइते भएका छन् ।

शनिबार बेलुकी साढे ५ बजेतिर परेको चट्याङले दुई महिने शिशु बबिता भट्ट र दुई वर्षीय बालक लक्ष्मण भट्ट बेहोस भएका थिए । अहिले भने उनिहरु होसमा आइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय मनोज भट्टले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

स्थानीय रामदत्त भट्ट र प्रकाशचन्द्र भट्टको घरमा गरिएको वाइरिङमा समेत क्षती भएको छ । भने एक घरको छत (पाखो) मा समेत चिरा परेको भट्टले बताउनुभयो । शनिबार बेलुकी घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?