तीन मन्त्रीद्धारा दार्चुला–तिकंर सडकको निरीक्षण, अन्तरक्रिया शुरु

दार्चुला । नेपाल सरकारका तीन जना मन्त्रीले महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिकंर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गर्नुभएको छ ।

सडक निरीक्षणका लागि भौतिक योजना तथा पुर्वाधार मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहितको टोली दार्चुला आइपुगेको छ ।

दार्चुला–तिकंर सडकको हवाइ निरीक्षण गरेर मन्त्रीहरुको टोली दार्चुला सदरमुकाम खलंगा फर्किसकेको छ । तीनै जना मन्त्री र तिकंर सडकमा मन्त्रीहरुले गरेको निरीक्षणलाई महत्तका साथ हेरिएको छ ।

दार्चुला–तिकंर सडकको कार्यप्रगति बारे नेपाली सेनाको हेलिकोप्टरमार्फत निरीक्षण गरेर फर्किएपछि दार्चुला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम शुरु हुँदै छ । सडकको कार्यप्रगति लगायत विषयमा महाकाली नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

२०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला तिंकर सडक निर्माणले १२ वर्ष बढि हुँदा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन नसकेको गुनासो कायमै छ । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ ।

गत वर्ष २०७७ मा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहल तथा नेपाल सरकारको निर्णय अनुसार दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ । यसअघि नै ठेक्का व्यवस्थापन भइसकेको खलंगादेखि घाँटीबगरसम्मको सडक दार्चुला तिकंर सडक आयोजनाले नै निर्माण गरिरहेको छ ।

सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडक खण्डको १३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएपछि तिकंरसम्म चाँडै सडक विस्तार हुनेमा दार्चुलावासी आसाबादी बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?