नेविसंघद्धारा स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

दार्चला । नेपाल विद्यार्थी संघ दार्चुलाले गोकुलेश्वर अस्पतालका विरामीलाई फलफुल वितरण गरेको छ ।

नेविसंघको ५२ स्थापना दिवसको अवसरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर प्राथमिक अस्पतालका ७० जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

नेविसंघ जिल्ला कार्य समिती दार्चुलाका सदस्य कृष्ण सिंह रावलक सहित ने वि संघमा आवद्ध १० जना विद्यार्थीको सहभागीतामा फलफुल वितरण गरिएको नेविसंघ जिल्ला कार्य समिती सदस्य कृष्ण सिंह रावलले जानकारी दिनुभयो ।

यसैबिच बैतडीको पुर्चौडी नगरपालिका नगर समितीले पनि ५२ स्थापना दिवसको अवसरमा पुर्चौडी नगरपालिकाको वडा नम्बर १ हाटमा रहेको त्रिवेणी धाम र शिव मन्दीर परिसरमा सरसफाई गरेको छ । नगर सभापती हेमन्त बढुको अगुवाईमा ने वि संघ पुर्चौडी नगर समितीका सम्पुर्ण सदस्य र जिल्ला कार्य समिती सदस्य मिन बहादुर धानुक, बागमती ऐर लगायतको सहभागीतामा सरसफाइ कार्यक्रम गरिएको जिल्ला कार्य समिती सदस्य मिन बहादुर धानुकलाई उद्धृत गर्दे पुर्चौडीबाट लोकदर्पण सम्वाददाता हरि सिंह साउदले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?