नौगाड पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।

नौगाड गाउँपालिकामा रहेका सम्पूर्ण बालबालिकाहरुले पाउनुपर्ने सम्पूर्ण खोप पाइसकेकाले नौगाड गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । यही बैशाख १० गते दार्चुला जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण गर्न लागिएकाले जिल्लाका स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न लागिएको छ ।

यसअघि प्रमाणीकरणका लागि जिल्ला पूर्ण खोप समन्वय समितिको टोलीले अनुगमन गर्ने क्रममा पनि सबै बालबालिकाहरुले खोप पाइसकेको निष्कर्ष निकालेको र आज गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता एवं दिगोपना गाउँपालिका घोषण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नौगाड गाउँपालिका अध्यक्ष एवं गाउँपालिका स्तरीय खोप समन्वय समिति अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको नौगाडबाट लोकदर्पण समाचारदाता प्रकास सिंह धामीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष धामीले गाउँ गाउँमा स्वास्थ्यकर्मी कार्यक्रम सहित टोलटोलमा स्वास्थ सेवा पुर्याउने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको बताउनुभयो । सोहि कार्यक्रमको अवसरमा गाउँपालिका भित्रका स्वयम सेविकाहरुलाई सम्मान गरिएको पनि धामीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?