दार्चुलाका साढे पाँच सय किशोरीलाई आत्मरक्षा तालिम (फोटोफिचर)

दार्चुला । हिंसा र बलात्कारका घटना बढ्न थालेपछि पहिलो चरणमा दार्चुलामा साढे पाँच सय किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिइएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइएको तालिमका प्रशिक्षक कल्पना पालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) सँगको सहाकार्यमा गुड नेवर्सको प्राविधिक सहयोग तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकाहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिइएको हो । दार्चुला घर भएका विद्यार्थी नेता पालले धनगढीमा आत्मरक्षा तालिम लिएर अहिले जिल्लास्तरमा विद्यार्थी, किशोरीहरुलाई प्रशिक्षण गरिरहनुभएको छ । आत्मरक्षा तालिममा कराते प्रशिक्षक (गुरु) प्रकाश कुमार चन्द, प्रशिक्षक मनिका ओड र कल्पना पालले किशोरीहरुलाई प्रशिक्षण गर्नुभएको छ ।

एउटा विद्यालयमा दुई दिनसम्म दिइएको तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरेमा प्रतिकार कसरी गर्ने भनेर सिकाइएको छ । गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने १३ वटा विधि र १६ वटा बच्ने उपाय गरी तालिममा २९ वटा विधिका बारेमा सिकाउने गरिएको प्रशिक्षक पालले बताउनुभयो । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय आफूहरूले तालिममा सिकाइरहेको अर्का प्रशिक्षक मनिका ओडले बताउनुभयो ।

राष्ट्रिय मावि दत्तु, सरस्वती मावि सेलिचामा, मालिकार्जुन मावि मड, शंकरपुर मावि पस्ती, कृष्ण मावि डाडाकोट र सरस्वती मावि उकु गरि छ वटा विद्यालयका साढे पाँच सय किशोरी विद्यार्थी दुई दिने आत्मरक्षा तालिममा सहभागि भएका छन् । तालिमबाट हिंसाको प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास विद्यार्थीमा बढेको छ । कसैले हिंसा वा बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने तरिकाको बारेमा तालिमबाट जानकारी पाइएको मालिकार्जुन माबि मडका छात्रा मञ्जु धामीले बताउनुभयो । आत्मरक्षा तालिमबाट शिप विकासका साथै आत्मबल समेत बढेको उहाँको भनाई छ । आत्मरक्षा तालिम सबै किशोरीका लागि आवश्यक रहेको अर्का विद्यार्थी लक्ष्मी धामीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा दुई वटा किशोरी बलात्कारजन्य घटनाबाट पिडित भएका छन् । घरभित्र र बाहिर बालिका बलात्कारका घटना बढ्न थालेपछि प्रतिकारका लागि आत्मरक्षा तालिम आवश्यक रहेको राष्ट्रिय माबि दत्तुका किशोरी देवकी चैसिरले बताउनुभयो । दुई दिनमा धेरै व्यवहारिक कुरा सिक्न नपाएको बताउदै उहाँले कम्तिमा पनि एक हप्ताका लागि प्रतेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?