संक्रमितले भरियो सेती कोभिड अस्पताल, पाँच जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ। कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो।

५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाल ३ जनालाई भेन्टिलेटरमा राखिएको छ। भने यस्तै ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताउनुभयो। अन्य सबैलाई उच्च निगरानीमा राखिएको उहाँले बताउनुभयो ।

अहिले अस्पतालमा ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ। अन्य ३ जनामा पनि संक्रमण हुन सक्ने आशंकासहित उपचार भइरहेको छ। जटिल संक्रमितहरूको मात्रै उपचार हुने अस्पतालमा बेड भरिएपछि थप समस्या हुने देखिएको छ।

‘सबै बेड भरिएकोले अब तत्काल कसैलाई भर्ना गर्न सकिने अवस्था नरहेको अस्पालले जनाएको छ ।

दोस्रो लहरको कोरोना फैलिएसँगै कैलालीका ५ जनाको मृत्यु भइसकेको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?