अपिहिमाल गाउँपालिका आफ्नै २४ कोठे प्रशासकिय भवनबाट सञ्चालन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका आफ्नै नयाँ प्रशासकिय भवनमा सरेको छ ।

स्थानीय तहको स्थापनाकालदेखि खण्डेश्वरी माबिको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको अपिहिमाल गाउँपालिकाले चार वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेर नयाँ भवनबाट कार्यसञ्चालन थालेको हो ।

गाउँपालिकाले कुल दुई करोड ३२ लाख बढि बजेटमा वडा नम्बर ४ को सल्लेधारमा नयाँ प्रशासकीय भवन निर्माण गरेको छ । गाउँपालिकाको प्रशासकिय कामकाजका लागि दुई वटा ब्लकमा २४ कोठा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्रका स्थानीय तहले हालसम्म भवन निर्माण गर्न नसकेको बेला सडकको समेत पहुँच नपुगेको अपिहिमाल गाउँपालिकाले आफ्नै प्रशासकिय भवन ठड्याउन सफल भएको छ । आइतबार देखि नयाँ भवनबाट सेवा प्रवाह शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सायद 1 व्यक्ति, बसिरहेको, घरभित्र तथा  'REDMI NOTE AI QUAD CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद आकाश तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद आकाश को तस्बिर हुनसक्छ

सायद खाना, monument तथा आकाश को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?