दार्चुलामा जनगणनाका लागि ४९ जना सुपरीवेक्षक र १९० गणक छनौट

दार्चुला । राष्ट्रिय जनगणना २०७८ मा खटिनका लागि दार्चुलामा ४९ जना सुपरीवेक्षक र १९० जना गणक छनौट भएका छन् ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार महाकाली नगरपालिकामा सबैभन्दा बढी १० जना, शैल्यशिखर नगरपालिकामा ८ जना, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ५ /५ जना, व्यासँ गाउँपालिका र दुहुँ गाउँपालिकामा ४/४ जना र अपिहिमाल गाउँपालिकामा ३ जना सुपरीवेक्षक छनोट भएका हुन् ।

दार्चुलाका नौँ वटै स्थानीय तहका ४९ जनालाई छनोट गरिएको छ । भने ४ जना सुपरीवेक्षकलाई बैकल्पिक सूचिमा राखिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ ।

दार्चुलामा दुई चरणमा जनगणना गर्ने तयारी भइरहेको जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले जानकारी दिनुभयो । पहिलो चरणमा २०७८ बैशाख २५ गते देखि जेठ १५ गते सम्म सुपरिबेक्षकले लगत सुचिकरण गर्ने, घरपरिवार सुचिकरण गर्नेछन् । दोस्रो चरणमा जेठ २५ गते देखि असार ८ गते सम्म गणकले घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने उहाँले बताउनुभयो ।

दार्चुलामा राष्ट्रिय जनगणनाका लागि १ सय ९० जना गणक तथा ६१ जना सुपरिबेक्षक खटाउने तयारी छ । जनगणना प्रयोजनका लागि यहि बैशाख १ गते देखि मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्तीमा र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा स्थानीय जनगणना कार्यालयको स्थापना गरिएको छ ।

यो पनि पढ्नुहोस : दार्चुलामा जनगणना कार्यालय स्थापना, १९० गणक र ६१ सुपरिबेक्षक खटाइदै

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?