अपिहिमाल गाउँपालिकामा एक घर एक धारा, राजदुतहरुबाट उद्धघाटन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा एक घर, एक धारा निर्माण भइरहेका छन् ।

सात हजार बढी जनसंख्या तथा १२ सय ७३ घरधुरी रहेको अपिहिमालमा हालसम्म नौँ सय बढी घरमा धारा निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षभित्रै एक हजार बढी घरधुरीमा धारा निर्माण गरिसक्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

अपिहिमाल गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तरगत पालिका भित्र खानेपानी तथा सरसफाइ, जिबिकोपार्जन, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा आर्थिक सहयोग गर्ने दुई देशका राजदुतको उपस्थितिमा खानेपानी आयोजनाहरुको उद्धघाटन गरिएको छ ।

नेपालका लागि फिनल्यान्डका राजदुत प्रिति एन्टिनेन र युरोपियन युनियनका राजदुत नोना डेप्रेजले अपिहिमाल गाउँपालिका भित्र सम्पन्न भएका कुर्मुल, खत्तोली र झुस्कुचौड खानेपानी तथा सरसफाइ योजनाको उद्धघाटन गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले जानकारी दिनुभयो । राजदुतद्धयले गाउँपालिकाका विभिन्न क्रियाकलापहरुको स्थलगत अवलोकन भ्रमण, कार्यपालिका र सहकारी सहितको सयुक्त बैठक र खानेपानी योजना र अपिहिमालको बस्तुस्थितिबारे अवलोकन भ्रमण समेत गरेको उहाँले बताउनुभयो ।

सायद घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

कार्यक्रममा अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयका साथै राजदुतहरुका दोभाषे, दार्चुला जिल्लाका जलस्रोत सल्लाहकार लव राज पन्त लगायत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो । राजदुतहरुले अपिहिमाल गाउँपालिकाको भौगोलिक बिकटता, भेषभुसा, रहनसहन र प्राकृतिक सौन्दर्यतालाई अवलोकन गर्दै फेरीपनि विभिन्न कार्यक्रम (प्रोजेक्ट) मार्फत गाउँपालिका भ्रमण गर्ने चाहाना व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।

एक घर एक धारा कार्यक्रम अन्तरगत अपिहिमालमा हालसम्म आठ वटा स्किम तथा आयोजना सम्पन्न भइसकेको र छ वटा स्किम निर्माणाधिन रहेको बताइएको छ । अपिहिमाल गाउँपालिकाको प्रतेक घरमा खानेपानीको धारा निर्माण गर्ने चुनाबी घोषणा र लक्ष्य अनुसार पौने १३ सय घरधुरीमध्ये अहिलेसम्म नौँ सय बढी घरधुरीमा धारा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । बाकी घरधुरीमा समेत अगामी वर्ष खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ ।

अपिहिमाल गाउँपालिका वडा नम्बर ६ सितोलामा एक घर एक धारा नभएकोले पहिलेको स्किमलाई मर्मत गरेर नयाँ परियोजना अनुसार निर्माण गर्न गाउँपालिकाको तर्फबाट प्रस्ताव गरिएको अध्यक्ष मन्यालले बताउनुभयो । अपिहिमालमा एक घर एक धारा अन्तरगत खानेपानीको धारासंगै सिचाइ ट्याङ्की, कसेराबारी र घट्ट लगायत बहुउपयोगिताको अवधारण अबलम्बन गरिएको छ ।

एक घर एक धारा कार्यक्रम मार्मा क्षेत्रको अपिहिमाल, नौगाड र मार्मा गाउँपालिकामा सञ्चालित छ । सोमबार अपिहिमाल गाउँपालिका पुगेको राजदुतहरुको टोली भोलि मार्मा पुगेर खानेपानी आयोजना उद्धघाटन गर्ने योजना रहेको छ ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद उभिएको को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  'REDMI NOTE AI QUAD CAMERA 理' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  हिमाल को तस्बिर हुनसक्छ

तस्बिर : पानसिह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?