दार्चुला प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने (सूचिसहित)

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोना भाइरसको संक्रमण जोखिम बढेकोले फरक बार फरक स्थानीय तहलाई सेवा दिने भएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गरि भीडभाड न्युनीकरण गर्ने उद्देश्यले समय तालिका अनुसार सेवा प्रवाह गर्न थालिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भीडभाडबाट हुन सक्ने र संक्रमणको जोखिमलाई कम गर्न प्रशासनले आगामी आइतबारदेखि फरक–फरक स्थानीय तहका सेवाग्राहीहरुलाई बार अनुसार फरक दिन सेवा प्रवाह गर्ने भएको हो ।

सबै स्थानीय तहका नागरिकहरुलाई एकसाथ सबै सेवा प्रवाह गर्दा कोरोनाको जोखिम बढी हुने भएकोल्े यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी, हातहतियार दर्ता, नविकरण, संघ संस्था दर्ता पत्रपत्रिका दर्ता लगायतका सेवाहरु स्थानीय तह अनुसार फरक बार फरक स्थानीय तहलाई सेवा दिन लागेको उहाँले बताउनुभयो ।

कोरोनाको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्न लागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।

जसअनुसार आइतबार र सोमबार जिल्लाको अपिहिमाल गाउँपालिका ,मार्मा गाउँपालिका, र नौगाड गाउँपालिकाका स्थानीयहरुलाई सेवा दिईने बताइएको छ ।

त्यस्तै मंगलबार र बुधबार जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका र विहिबार र शुक्रबार जिल्लाको महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र व्यासँ गाउँपालिकाका स्थानीयहरुले सेवा पाउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना मार्फत जानकारी गराएको छ ।

सेवा लिन आउदा सेवाग्राहीले मास्क अनिवार्यरुपमा लगाएको हुनुपर्नेछ भने कार्यालय प्रबेश गर्दा व्यवस्था गरिएको साबुनपानीले हात धोई सेनिटाइनजर प्रयोग गरी मात्र कार्यालयमा प्रबेश गर्ने पाइने भएको छ ।

यस्तै सेवाग्राही विच कम्तीमा २ मिटरको भौतिक दुरी कायम गर्दै तोकिएको ठाउँमा बस्नु पर्ने सुचना मार्फत जानकारी दिएको छ ।

सेवाग्राहीले नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरेर मात्रै प्रशासनमा उपस्थित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

यो पनि पढनुहोस : दार्चुलाका शैक्षिक संस्था तत्काल बन्द गरिने, आइसोलेसन र एम्बुलेन्स तयार राख्न स्थानीय तहहरुलाई अनुरोध

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?