अखिल क्रान्तीकारीको दार्चुला सम्मेलन आयोजक कमिटी घोषणा

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बिद्यार्थी भातृ संगठन अखिल क्रान्तीकारीको दार्चुला जिल्ला विस्तारित बैठक अनलाइन (भर्चुअल) मार्फत सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक राजेन्द्रसिंह डागाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष एबं सुदूरपश्चिम प्रदेश कमान्डर विजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एबं पूर्व विद्यार्थी फ्र्याकसन इन्चार्ज पदम जोशी र अखिल क्रान्तिकारीका उपाध्यक्ष एबं नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दीपक जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा बैतडी जिल्लाका युवा नेता लक्ष्मी जोशी, क्रान्तिकारीका केन्द्रीय सचिव एबं सुदूरपश्चिम प्रदेश संयोजक मदन भूल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एबं दार्चुला जिल्ला इन्चार्ज अशोकसिंह धामीले तीन वटा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुई महिने बृहत सङ्गठन सुदृढीकरण अभियान गरी आगामी जेठ २४ गते दार्चुला जिल्ला सम्मेलनको घोषणा समेत गरिएको धामीले बताउनुभयो । सङ्गठनको प्रस्ताव माथि छलफल गर्दै प्रदेश संयोजक मदन भूल, उपमहासिव लक्षी जोशी, उपाध्यक्ष विजय गौतम, अर्का उपाध्यक्ष दीपक जोशी लगायत बिद्यार्थी नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

बैठकबाट ३६ सदस्सिय जिल्ला सम्मेलन आयोजक कमिटीको घोषणा भएको दार्चुला जिल्लाका इन्चार्ज अशोकसिंह धामीले बताउनुभयो । अनलाइनमार्फत सम्पन्न कार्यक्रममा दार्चुला जिल्लाका नौ वटै स्थानीय तह र जिल्लामा अवस्थित विभिन्न क्याम्पस, उच्च मावि र माविका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?