दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेपालका लागि दुई देशका राजदुतले खानेपानी आयोजनाको उद्धघाटन गर्नुभएको छ ।
नेपाल सरकार मार्मा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण अन्तरगत निर्माण गरिएको मार्मा गाउँपालिका वडा नम्बर ४ मा निर्माण भएको हडे पडपडा खानेपानी तथा सरसफाइ योजनाको उद्धघाटन गरिएको हो । मार्मा गाउँपालिका भित्र खानेपानी तथा सरसफाइ, जिबिकोपार्जन, जलवायु अनुकुलन तथा प्रकोप जोखिम न्युनिकरण र सुशासनको क्षेत्रमा आर्थिक सहयोग गर्ने दुई देशका राजदुतको उपस्थितिमा खानेपानी योजनाको उद्धघाटन गरिएको छ ।

नेपालका लागि फिनल्यान्डका राजदुत प्रेति एन्टिनेन र युरोपियन युनियनका राजदुत नोना डेप्रेजले मार्मा गाउँपालिका वडा नम्बर ४ मा निर्माण भएको हडे पडपडा खानेपानी तथा सरसफाइ योजनाको अनुगमन तथा उद्धघाटन उद्धघाटन गरेको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो । राजदुतद्धयको गाउँपालिका अध्यक्ष धामी सहित, जनप्रतिनिधि, कर्मचारी, स्थानीय र विद्यार्थी बालबालिकाहरुले स्वागत समेत गर्नुभएको छ ।

राजदुतद्धयले गाउँपालिकाका विभिन्न क्रियाकलापहरुको स्थलगत अवलोकन भ्रमण र खानेपानी योजना र मार्मा गाउँपालिकाको बस्तुस्थितिबारे अवलोकन भ्रमण समेत गर्नुभएको छ । एक घर एक धारा कार्यक्रम अन्तरगत मार्मा क्षेत्रको अपिहिमाल, नौगाड र मार्मा गाउँपालिकाका विभिन्न वस्तीमा खानेपानी योजनाहरु निर्माण भइरहेका छन् । यसअघि मंगलबार अपिहिमाल गाउँपालिका पुगेको राजदुतहरुको टोलीले तीन वटा खानेपानी योजनाको उद्धघाटन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस : अपिहिमाल गाउँपालिकामा एक घर एक धारा, राजदुतहरुबाट उद्धघाटन






तस्बिर : पत्रकार रामसिंह धामीको फेसबुकबाट





प्रतिक्रिया