एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

दार्चुला । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६१ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?