दार्चुलामा  ६ स्वास्थ्यकर्मी सहित  १० जनामा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा (शुक्रबार) आज थप ६ स्वास्थ्यकर्मी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा गरिएको एन्टीजेन परीक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

गोकुलेश्वर अस्पतालमा आज गरिएको एन्टीजेन परिक्षणमा गोकुलेश्वर अस्पतालका ४ जना स्वास्थ्यकर्मी र एक जना बोर्डिङ स्कुलका शिक्षक रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल प्रर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला अस्पतालमा गरिएको परिक्षणमा जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ का एक जना र मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का एक पुरुषमा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

त्यस्तै लेकम गाउँपालिकामा गरिएको परिक्षणमा २ स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो पनि जिल्लामा ५ स्वास्थ्यकर्मी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज थपिएका सहित दार्चुलामा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । जसमा  ११ जना स्वास्थ्यकर्मी रहेका छन ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?