दार्चुलामा खलंगा पुलघाट बाहेक भारतसंग जोडिएका सबै सीमानाका बन्द

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट सीमा नाका बाहेक भारतसंग जोडिएका दार्चुलाका सबै सीमा नाका बन्द भएका छन् ।

नेपाल सरकारको निर्णय अनुसार सुदूरपश्चिमका खलंगा, झुलाघाट, गड्डाचौकी र गौरीफन्टा नाका मात्रै खुला रहने र उल्लेखित चार नाका बाहेकका सबै सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएअनुसार दार्चुलाका खलंगा पुलघाट बाहेक भारतसंग जोडिएका सीमा नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला प्रशासनका अनुसार लाली, जोलविवि, दत्तु, तिग्रम, बडूगाउँ र सितापुल गरी भारतसंग जोडिएका आधादर्जन सीमा पुलहरु बन्द हुने भएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट एक सूचना सार्वजनिक गर्दै खलंगा पुलघाट बाहेक सबै झोलुगें पुल तथा सीमा नाका बन्द गरिएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।

No description available.

दार्चुलाका विभिन्न स्थानीय तहमा कोरोनाका ७९ जना सक्रिय संक्रमित फेला परेपछि नौगाड बाहेक आठ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?