दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुधबार दिउँसो मार्मा- ३ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा लटिनाथमा ज्यान गएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य अधिकृत सुजन नेपालीले पुष्टि गर्नुभयो ।
मार्मामा कोरोना संक्रमित फेला परेपछि गत सातादेखि निषेधाज्ञा जारी गरिएको छ । मंगलबारसम्म १४ जना सक्रिय संक्रमित रहेकोमा बुधबार समेत संक्रमितको संख्या थपिएको मार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोनाबाट मृत्यु भएका पुरुषको स्वास्थ्य सुरक्षा अपनाएर सास्कृति परम्परा अनुसार अन्तेष्ठी गर्ने तयारी भइरहेको आफन्तजनले बताएका छन् ।
घटनाबारे विस्तृत जानकारी प्राप्त हुन बाकी रहेको छ ।
दार्चुलामा अहिले एक सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्यकर्मीसहित स्थानीयहरुमा कोरोना संक्रमण पुष्टि भएपछि दार्चुलाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि दार्चुला घर भएका तीन जनाको कोरोना संक्रमणपछि उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भइसकेको छ ।





प्रतिक्रिया