महङ्गी बढेपछि बजार अनुगमन, अधिकासं पसलमा मूल्य सूची नै भेट्टिएन

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी भएपछि व्यापारीहरुले कृत्रिम अभाव गराएर महंगी बढाएको भन्दै आलोचना भए पछि बुधबार बजार अनुगमन गरिएको छ ।

बजार अनुगमन समिति संयोजक एवं दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको नेतृत्वमा सरोकारवालाहरुले खलंगा र बंगाबगर बजार अनुगमन गरेका हुन् । अनुगमन टोलीले मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अनुगमन गरेका अधिकाशं पसलहरुमा मूल्य सूची नै नराखेको पाइएको छ । दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएकामा अधिकाशं पसलेहरुले मूल्य सूचि नराखेको पाइएको सहायक प्रजिअ जोशीले बताउनुभयो । महाकाली नगरपालिका वडा नम्बर ४ स्थित खलंगा बजार क्षेत्र तथा बंगाबगड बजार क्षेत्रहरुको अनुगमन गरिएकोमा ८० प्रतिषत बढी पशलहरुले मूल्य सूचि नराखेर मनलाग्दी (फरकफरक) खुद्रा बिक्रि मूल्य राखेको पाइएको छ ।

बजार अनुगमनका क्रममा तत्काल मूल्य सूचि राख्न र अस्वभाविक मूल्य वृद्धि नगराउन चेतावनी दिइएको छ । तर बजार अनुगमन वर्षको एक दुई पटक मात्रै हुने र अनुगमनका क्रममा दिने चेतावनी तथा निर्देशनको पालना नहुने गरेको ग्राहकहरुको गुनासो छ ।

ग्राहकहरुले समेत अधिकतम खुद्रा मुल्य (एमआरपी) र उत्पादन मिति नहेर्ने गरेका कारण व्यापारीहरुले अधिकतम खुद्रा मूल्यमा समेत बृद्धि गरेर विभिन्न सामाग्रीहरुको बिक्रि वितरण गर्ने गरेको गुनासो छ । मूल्यबृद्धि तथा कालोबजारी राक्न प्रशासन, पशले र ग्राहक सबैले सचेत, इमानदार र जिम्मेवार हुनु आवश्यक रहेको जानकारहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?