प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

दार्चुला । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।

एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नुभएको छ ।

त्यसअघि, प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?