४ सांसद र सङ्घीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना पुष्टि

दार्चुला । प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

बुधवार (हिजो) सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी चार सय ८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?