दार्चुला । मालिकार्जुन गाउँपालिकामा प्रहरीको सक्रियतामा बालविवाह रोकिएको छ ।
बिविबार (आज) हुन लागेको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानी क्षेत्रको एक जोडिको बालविवाह रोकिएको महिला तथा बालवालिका शाखा मालिकार्जुनका प्रमुख आरती शर्माले बताउनुभयो ।
कक्षा ९ मा पढ्ने करिब १७ वर्षीया किशोरीको विहे हुन लागेको जानकारी पाएपछि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको थियो ।
स्थानीयहरुले बालविवाह हुन लागेको मालिकार्जुन प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरीले बालविवाह रोकेको मालिकार्जुन प्रहरी चौकीका हवल्द्धार हिरासिह पुजाराले जानकारी दिनुभयो ।
बालविवाह रोक्नका लागि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली त्यस क्षेत्र तर्फ गएको तर राती ८ बजे तिर विवाह स्थगित भएको स्थानीयहरुले जानकारी गराएपछि प्रहरी टोली आधा बाटोबाटै फर्किएको उहाँले बताउनुभयो ।
बालविवाह न्युनिकरणका लागि अहिले गाउँपालिकाले विभिन्न कदम चालिरहेको र न्युनिकरणका पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया