दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावश्यक वाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार एक सूचना जारी गर्दै कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गरी निजी तथा सार्वजनिक सवारी सञ्चालनमा प्रतिबन्ध लगाएको जानकारी गराएको थियो । सोहि अनुसार विहिबार अत्यावश्यकिय सेवा बाहेकका सवारीसाधन बन्द भएका छन् ।
जिल्लाभरी कोरोनाका सक्रिय संक्रमित बढ्दै गएको अवस्थामा दार्चुलाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकीय सेवा बाहेका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो ।
विशेषगरी औषधी तथा स्वास्थ्य सामग्रीसंग सम्बन्धित सामान, एम्बुलेन्स, दमकल, दुध तथा दुग्घजन्य पदार्थहरु, कृषि उपज, पशुपन्छी तथा पशुजन्य पदार्थ, भेटेरेनरी औषधी, फोहोर मैला व्यवस्थापन, विद्युत्, दुरसञ्चार, बिरामी बोकेका सवारी साधन मात्रै सञ्चालन हुन दिने र अन्य सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो ।
सरकारी सवारी साधनको हकमा कार्यालयको प्रयोजनमा जिल्ला भित्र सञ्चालन गर्न पाइने र अत्यावश्यकीय बाहेकका सवारी साधनका लागि सवारी पास जारी नगरिने बताइएको छ ।
विकास निर्माणका आयोजनामा प्रयोग हुने सवारी साधन आयोजना प्रमुख तथा कार्यालय प्रमुखको सिफारिसमा र विवाह ब्रतबन्ध लगायतका अत्यावश्यक सावरी साधान जिल्ला प्रशासनद्धारा जारी गरिएको पासका आधारमा चलाउन पाइने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
अहिले दार्चुलाका सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । जिल्लाभरी झण्डै डेढ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना पढ्नुहोस






प्रतिक्रिया