एन्टिजेनको भरमा दार्चुला, ​थप १२ जनामा कोरोना, संक्रमितको संख्या १३३

दार्चुला । दार्चुलामा बिहीवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टिजेन परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो । मार्मा गाउँपालिकामा ६ जना, दुहुँ गाउँपालिकाका ३ जना, नौगाड गाउँपालिकामा २ जना र खलंगा पुलघाटमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सँगै दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय ३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ । एक जना पुरुष संक्रमितको बुधबार मार्मा गाउँपालिकाको लटिनाथमा मृत्यु भएको हो । भने तीन जनाको जिल्ला बाहिर उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाबाट काठमाण्डौँ रेफर गरिएका व्यासका एक पुरुष, डडेल्धुरामा कार्यरत मालिकार्जुन गाउँपालिका घर भएका एक शिक्षक र धनगढीमा उपचाररत मालिकार्जुनका एक पुरुषको ज्यान गएको छ ।

देशभरी कोरोना संक्रमितको पीसीआर परीक्षण भइरहेको बेला दार्चुलाका संक्रमित भने एन्टिजेन परीक्षणको भरमा छन् । नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिदासमेत जिल्लामा पीसीआर मेसिन नहुँदा जिल्लाबासीले सास्ती भोग्नु परेको छ ।

एन्टिजेन परिक्षण समेत सबै ठाउँमा प्रयाप्त मात्रामा हुन नसकेको स्थानीय बताउछन । अहिले जिल्लाभरी कोरोनासँग मिल्दोजुल्दा लक्षण भएका विरामी जताततै भएपनि कोरोना परीक्षण हुन नसकेको स्थानीयको गुनासो छ ।

दार्चुलाका सबै स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । भने अत्यावश्यकिय सेवा बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्यकर्मीमै संक्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?