दार्चुलामा वैशाख मसान्तसम्मका लागि पूर्ण रुपमा निषेधाज्ञा

दार्चुला । दार्चुलामा वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को चेन ब्रेक गर्न दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको शुक्रवार बसेको बैठकले जिल्लामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको तथा सबै स्थानीय तहमा सक्रिय संक्रमित फेला परिरहेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन दार्चुलालाई अनुरोध गरेको छ । सोहि अनुसार प्रशासनले निषेधाज्ञा जारी गर्ने बुझिएको छ ।

बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै दार्चुलामा आइतबारदेखि लागू हुने गरी वैशाख ३१ गतेसम्मका लागि पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ । दार्चुलाका ९ वटै स्थानीय तहमा यसअघि नै निषेधाज्ञा जारी गरिएको भएपनि जिल्ला भरी निषेधाज्ञा जारी गर्ने औपचारीक निर्णय भने पहिलो पटक भएको हो ।

दार्चुलामा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

अहिले दार्चुलामा झण्डै डेढ सय कोरोनाका सक्रिय संक्रमित रहेकोले संक्रमण रोकथामका लागि निषेधाज्ञा गर्नु आवश्यक रहेको विषयमा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?