दार्चुलाको गोकुलेश्वरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

दार्चुला । दार्चुलाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का एक महिलाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उहाँको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो। उहाँको अस्पताल ल्याउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम ४५ प्रतिशत रहेको अन्सारीले बताउनुभयो ।

मृतकको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी पारिवारिक संस्कार अनुसार नै अन्तेष्टी गर्ने तयारी भइरहेको डाक्टर अन्सारीले बताउनुभयो ।

मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ । उहाँको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।  दुई जनाको जिल्ला भित्र तथा तीन जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ ।

दार्चुलामा अहिले १४८ जना सक्रिय संक्रमित रहेको र अधिकासंको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका अधिकासं बिरामीहरु लक्षणसहितका भएकोले उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?