दार्चुला । दार्चुलामा शनिवार (आज) थप १६ जनामा कोरोनाको संकमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टीजेन परिक्षणमा आज शनिबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज गरिएको परिक्षणमा जिल्ला अस्पताल दार्चुलामा र गोकुलेश्वर अस्पतालमा तीन /तीन जना, खलंगा पुलघाटमा ६ जना, दुहुँ र मालिकार्जुन गाउँपालिकामा दुई/दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सीआइसीटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
आज थपिएका सहित जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६४ पुगेको छ ।
हाल सम्म जिल्लामा १४ जना कोरोना संक्रमण मुक्त भएको बोहराले बताउनुभयो ।
आज मात्रै गोकुलेश्वर अस्पतालमा कोरोना संक्रमणको कारण एक महिलाको ज्यान गएको थियो ।





प्रतिक्रिया