गोकुलेश्वरमा अक्सिजन प्लान्ट जडानका लागि मन्त्रालयसंग बजेट माग

दार्चुला । शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग माग गरेको छ ।

आइतबार बसेको शैल्यशिखर नगरपालिका स्तरिय विपद् व्यवस्थापन समितिको बैठकले अक्सिजन प्लान्ट अत्यावश्यक भएकोले मन्त्रालयसंग अक्सिजन प्लान्ट जडान गर्न आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो ।

नगर स्तरिय विपद् व्यवस्थापन समिति संयोजक एवं नगरप्रमुख अमरसिंह धामीको अध्यक्षतामा बसेको बैठकले बजेट माग गर्ने निर्णय गरेपछि आइतबार नै नगरपालिकाले विभिन्न सरोकारवालाहरुलाई बोधार्थ सहित मन्त्रालयलाई बजेट मागको पत्र पठाएको छ ।

नगरप्रमुख धामीद्धारा हस्ताक्षरित मन्त्रालयलाई पठाइएको सिफरिस पत्रमा लेखिएको छ, “कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट संक्रमित बिरामीहरुको लागि आवश्यक पर्ने अक्सिजन आपुर्तीको लागि शैल्यशिखर नगरपालिका अन्तरगत रहेको गोकुलेश्वर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएकोले उक्त प्लान्ट जडान गर्न आवश्यक पर्ने बजेट व्यवस्थाको लागि नगर स्तरिय विपद् व्यवस्थापन समितिको निर्णय प्रति समेत यसै पत्रसाथ संलग्न राखी सिफारिस गरिएको व्यहोरा अनुरोध गरिन्छ ।”

उक्त पत्रको बोधार्थ नेपाल सरकार गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढी, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई समेत पठाइएको नगरप्रमुख धामीका स्वकिय सचिव सुरेश बिष्टले जानकारी दिनुभयो ।

गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिकाका साथै अपिहिमाल, मार्मा, नौगाड, मालिकार्जुन र लेकम गाउँपालिकाका बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । यस्तै बैतडीको डिलाशैनी र दोगडाकेदार गाउँपालिका तथा बझाङको बुङ्गल नगरपालिकाका बिरामीहरु समेत उपचारका लागि आउने गरेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

गोकुलेश्वर अस्पतालमा पुर्वाधार विकास साझेदारी कार्यक्रम (सासंद विकास कोष) बाट चालु आर्थिक वर्षमा उपकरण खरिद र स्वास्थ्य सेवा स्तरोन्नतीका लागि ६० लाख बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्यको सिफारिसमा स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तरगत २० लाख र प्रदेश सासंदको सिफारिसमा प्रदेश पुर्वाधार विकास कार्यालय अन्तरगत ४० लाख बजेट विनियोजन गरिएको छ ।

उक्त बजेट कार्यान्वयनको चरणमा रहेको शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताउनुभयो । गोकुलेश्वर अस्पतालमा बिरामीको चाप बढी हुने भएकोले अक्सिजन प्लान्ट सहित अत्यावश्यक उपकरणहरुको व्यवस्थापनका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?