दार्चुला । दार्चुलामा कोरोना संक्रमितको संख्या दुई सय नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या दुई सय नाघेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको महाकाली नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नौगाड गाउँपालिका १ जनामा, व्याँस गाउँपालिकामा ४ जनामा, मालिकार्जुन गाउँपालिकामा २ जनामा र पुलघाट सीमानाकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुलामा कोरोनाको दोस्रो लहर सुर भए यता २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा माहाकाली नगरपालिकाका सबैभन्दा बढि ८१ जना, शैल्यशिखर नगरपालिकामा ४७ जना, लेकम गाउँपालिमा १७ जना, अपिहिमाल गाउँपालिमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिकामा १० जना, नौगाड गाउँपालिकामा ३ जना, मार्मा गाउँपालिकामा १९ जना, दुहुँ गाउँपालिकामा १७ र व्याँस गाउँपालिकामा ४ जनागरी २ सय ८ जनामा कोरोना सक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमित देखिएका मध्ये हालसम्म जिल्लामा दुई जना पुरुष तथा एक जना महिला गरी ३ जनाको मुत्यु भएको छ, भने जिल्ला बाहिर उपचारको क्रममा ४ जना पुरुष गरी ७ जनाको कोरोना कारण जिल्लामा ज्यान गएको छ । हालसम्म १४ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्लामा पछिल्लो २ साता यता कोरोना संक्रमण दर बढेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका तीन वटा गाउँपालिका अध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा समेत संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका तीन वटै गाउँपालिका अध्यक्षहरुको स्वास्थ्यमा सुधार भइरहेको जानकारी प्राप्त भएको छ ।





प्रतिक्रिया