मालिकार्जुनमा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना तयार पारिएको छ ।

मालिकार्जुन गाउँपालिकाले २०८० सम्म बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजना अनुसार रणनीतिक योजना तयार पारेको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहकार्यमा बालविवाह अन्त्य गर्नका लागि स्थानीय रणनीति २०७६ तयार पारी कार्यान्वयनमा जोड दिइएको गाउँपालिकाले जनाइएको छ ।

बालविवाह न्युनीकरणका लागि समुदाय तथा विद्यालयहरुमा विभिन्न समितिहरु बनाएर कार्यक्रम सञ्चालन गरिरहेको र गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीको संयोजकत्वमा बाल संरक्षण समिति समेत गठन गरिएको बताइएको छ ।

यसैबिच सोहि अभियान अन्तरगत गत विहिबार मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानी क्षेत्रको एक जोडिको बालविवाह रोकिएको महिला तथा बालवालिका शाखाले जनाएको छ ।

कक्षा ९ मा पढ्ने करिब १७ वर्षीया किशोरीको विहे हुन लागेको जानकारी पाएपछि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको थियो ।

स्थानीयहरुले बालविवाह हुन लागेको मालिकार्जुन प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरीले बालविवाह रोकेको मालिकार्जुन प्रहरी चौकीका हवल्द्धार हिरासिह पुजाराले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाका विभिन्न स्थानीय तहमा बालबिवाह गर्ने/गराउने क्रम रोकिएको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?