दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०९ पुग्यो

दार्चुला । दार्चुलामा कोरोना संक्रमितको संख्या तीन सय नागेको छ ।

नयाँ भेरियन्टको कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा ३०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महाकाली नगरपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा अपिहिमाल गाउँपालिकाका थप २० जनामा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै अपिहिमालकै १६ जनामा र महाकाली नगरपालिकाका तीन जनामा पनि आज एन्टीजेन पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।
अपिहिमालमा मंगलबार पनि ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

हालसम्म जिल्लाको अपि हिमाल गाउँपालिकामा सबै भन्दा बढी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महाकाली नगरपालिकाका ७० जनामा, शैल्यशिखर नगरपालिकामा ४४ जनामा, मार्मा गाउँपालिमाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै लेकम गाउँपालिकामा १७ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा, दुहुँ गाउँपालिमाका १० जनामा, व्याँस गाउँपालिकामा ६ जनामा र नौगाड गाउँपालिकामा ३ जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको बोहराले बताउनुभयो ।

जिल्लामा हाल सम्म २४ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । जिल्लाको व्याँस गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका एक÷एक जना गरि ४ जनाको जिल्लामा उपचारको क्रममा कोरोना संक्रमणको कारण ज्यान गएको छ । भने दार्चुला घर भएका ३ जनाको जिल्ला बाहिर ज्यान गएको छ ।

अहिले दार्चुला जिल्लामा २ सय ८२ जना कोरोना सक्रिय संक्रमित रहेका छन । हालसम्म दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना लगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका जनप्रतिनिधिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?