गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

दार्चुला । गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिनुभएको छ ।

मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद खिमविक्रम शाही र कृष्ण थाले आफूहरु तटस्थ बसेपछि कांग्रेस संसदीय दलका नेता पोखरेलले बहुमत पुर्‍याउन नसक्नुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?