दार्चुला । दार्चुला घर भएका सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपनि उपचारपछि स्वास्थ्य अवस्था सुधार हुँदै गएको उपसभामुख जोशीले बताउनुभयो ।
बडालको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।
आफुसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन समेत उहाँले अनुरोध गर्नुभएको छ ।

यो पनि पढ्नुहोस : दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०९ पुग्यो





प्रतिक्रिया