दार्चुलामा संक्रमित तीन सय नाघे, जेठ १० गतेसम्म निषेधाज्ञा थपिदै

दार्चुला । दार्चुला जिल्लामा थप १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कोरोनाको शृङखला तोड्न (चेन ब्रेक गर्न) थप १० दिन अर्थात जेठ १० गते सम्म निषेधाज्ञा थप्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाका अध्यक्ष एबं प्रजिअ जोशीको अध्यक्षतामा महाकाली नगरपालिकाको हलमा बसेको बैठकले जेठ १० गतेसम्म निषेधाज्ञा थप गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैशाख दोस्रो सातादेखि विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकोमा वैशाख २५ गतेदेखि ३१ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गरिएको थियो ।

संक्रमित फेला पर्ने क्रम दिन प्रतिदिन बढ्दै गएपछि वैशाख मसान्तसम्मका लागि गरिएको निषेधाज्ञालाई जेठ १० गतेसम्म निरन्तरता दिने निर्णय गरिएको उहाले बताउनुभयो । अहिले कोरोनाको दोस्रो लहर जिल्ला भरी फैलिएको छ ।

महामारीको रुपमा फैलिदै गएको कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न निषेधाज्ञालाई थप गर्नु अनिवार्य रहेको विषयमा बैठकमा छलफल भएको थियो । अत्यावश्यक सेवा बाहेक अन्य सामाग्रीका पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्दै आइरहेका छन् ।

व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरका स्थानीय, त्यहास्थित सुरक्षाकर्मी, जिल्ला अस्पतालका नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । अहिले दार्चुला जिल्लामा तीन सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो पनि पढ्नुहोस : दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०९ पुग्यो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?