निर्णय विपरित हिमाली क्षेत्रका स्थानीय यार्चा खोज्न लेकतिर लागे

दार्चुला । जिल्लाको हिमाली भेगका स्थानीयको मुख्य आम्दानीको स्रोत जडीबुटी संकलन भए पनि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले कोरोना संक्रमण बढ्ने भन्दै लेक जान रोक लगाएको छ । तर, त्यसको बेवास्ता गर्दै स्थानीय भने यार्चा संकलनका लागि उच्च लेकाली भेगका पाटनमा पुगिसकेका छन ।

यार्चा संकलनका लागि ठूलो संख्यामा संकलकहरू लेकाली क्षेत्रमा पुग्ने भएकाले भीडभाड बढेर कोरोना संक्रमण फैलने खतरा भए पनि स्थानीय जोखिम मोलेर लेकतिर पुग्न थालेका हुन । यो सिजनमा यार्चालगायत जडीबुटी संकलन गरेर स्थानीयवासी वर्षभरिको घरखर्च जोहो गर्दै आएका छन । व्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली क्षेत्र र दुहु, नौगाड र मार्मा गाउँपालिकाका केहि पाटनहरूमा यार्चा पाइन्छ । संकलकहरू असारको मध्यसम्मका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित यार्चा संकलन क्षेत्र जान थालेका छन ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जारी गरेको यार्चा संकलन कार्यविधि २०७५ ले जेठ १५ गतेबाट यार्चा संकलन गर्न भनिएको छ । यार्चा संकलकहरू भने बन्दोबस्तीको सामान तथा रासन पु¥याउने बहानामा पाटन छिर्ने र यार्चा संकलन गरेका छन । यसको नियमनकारी निकायले भने भौगोलिक विकटतालाई देखाएर अनुगमन र आफैंले जारी गरेको निर्देशिकालाई कार्यान्वयन गर्न सकेको छैन । यार्चा संकलन गरिने पाटनहरूको प्रभावकारी नियमन नहुँदा संकलकहरू समयअगावै यार्चा संकलन गरिरहेका हुन्छन ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले गत बुधबार अर्को सूचना जारी नभएसम्मका लागि यार्चा संकलन अनुमति पत्र वितरण कार्य हाललाई स्थगित गरिएको सूचना जारी गरेको थियो । यसअघि यार्चा संकलनका लागि बन्दोबस्तीका सामान पु¥याउने भन्दै लेकतिर गएका मानिसहरू पनि फर्केका छैनन । उनीहरू सबै यार्चा संकलन गरिरहेको अपिहिमाल गाउँपालिकाका स्थानीय जयरामसिंह धामीले बताउनुभयो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख २२ गते सूचना जारी गरीे यार्चा संकलन अनुमति पत्र वितरण कार्य हाललाई स्थगित गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुलाको वैशाख २१ गतेको बैठकले यार्चा संकलन अनुमति पत्र वितरण कार्य रोक्ने निर्णय गरेको थियो । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आफूअन्तर्गतका सबै पोस्ट कार्यालय र समन्वयका लागि जिल्लाका स्थानीय तहलाई पत्राचार गरेको थियो ।

यसैबिच अपिहिमाल गाउँपालिकाले यार्सा पाटनहरुमा यार्सा संकलन कार्य पूर्ण रुपमा बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको छ । स्थानीय तह स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गरी यार्सा संकलन कार्यमा पूर्ण बन्देज लगाउने निर्णय गरेको हो ।

बैठकले यार्सा संकलन कार्य पूर्ण रुपमा बन्द गराउन जिल्ला प्रशासन कार्यालय र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय अनुरोध गर्ने निर्णय गरेको छ ।

अपिहिमाल गाउँपालिकाले निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न ६ ओटै वडा कार्यालयलाई पत्राचार गरेको छ । यस्तै कोरोनाका बिरामीहरुको उपचारका लागि अक्सिजन कन्सट्रेटर खरिद गर्ने निर्णय समेत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

स्थानीय बजारका पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाउने गरी अपिहिमाल गाउँपालिका निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहान ५ बजेदेखि ९ बजेसम्म तोकेकोमा अपिहिमालले त्यसमा थप कडाई गर्दै दिनको दुई घण्टा मात्रै अत्यावश्यक सामाग्रीका पशल सञ्चालन गर्न भनेको छ ।

गाउँपालिकामा उपलब्ध स्वास्थ्य सामग्री, बिरामीहरुको साप्ताहिक अद्यावाधिक गर्ने निर्णय गरिएको छ । पालिकाभित्र सञ्चालित विकास निर्माणका योजनाहरु सञ्चालनका लागि १० जनासम्म मात्रै सहभागि गराउने र अन्य क्षेत्रबाट आएका आयोजनाका कामदारहरुको हकमा आयोजनास्थलमै बसोबासको व्यवसथापन गर्ने र समुदायमा घुलमिल हुनबाट टाढा राख्ने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।

अपिहिमाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या १०६ पुगेको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?