सुदूरपश्चिममा अधिकासं सदस्य जिम्मेवारीविहिन, भट्ट र शाहलाई दुई मन्त्रालय

दार्चुला । सुदूरपश्चिममा कतिपय प्रदेशसभा सदस्यहरु जिम्मेवारीविहिन रहेको बेला त्रिलोचन भट्ट र प्रकाशबहादुर शाहले दुई दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको पनि जिम्मेवारी पाउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा समेत शाहले प्राप्त गर्नुभएको हो । त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । दुवै मन्त्रालय मन्त्रीविहिन बनेपछि मुख्यमन्त्री भट्टले तीन वटा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्दै आएकोमा हाल आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएपछि दुई महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी मन्त्री शाहले प्राप्त गर्नुभएको हो ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचनले भट्टले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी पाएपछि मुख्यमन्त्री भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री शाह दुई मन्त्रालयका मन्त्री बनेका हुन्।

नौँ वटै जिल्लाबाट निर्वाचित अधिकासं प्रदेश सभा सदस्य जिम्मेवारी भन्दा बाहिर रहेको र मन्त्रीको तिब्र आकाक्षां राखिरहेको बेला समेत मुख्यमन्त्री भट्ट र मन्त्री शाहले प्रदेश सरकारको शक्ति केन्द्रिकृत गरेर अरुलाई अवसर नदिएको भन्दै आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद विस्तार गरेर योग्य मानिसलाई मन्त्रीको जिम्मेवारी दिनुको सट्टा मुख्यमन्त्री आफैले अरु महत्तपुर्ण मन्त्रालयको जिम्मेवारी समेत आफुले नै लिएपछि प्रदेशसभा सदस्यहरु नै असन्तुष्ट बनेका छन् । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनेर आलोचित सुदूरपश्चिम सरकारले मन्त्रिमण्डल समेत विस्तार गर्न सकेको छैन् ।

No description available.

यो पनि पढ्नुहोस : सुदूरपश्चिममा सरकार बनाउन एमाले अग्रसर, भट्टको पद धरापमा

 

यो पनि पढ्नुहोस : प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि, सुदूरपश्चिम सबैभन्दा पछाडी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?