दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा, कडाइका साथ पालना भएन

दार्चुला । दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहिलो चरणमा बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको भएपनि कोरोना संक्रमण तिब्रताका साथ फैलिदो क्रममा रहेकोले जेठ १० गतेसम्म लागू हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा र सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । अनावश्यक कसैले पनि हिडडुँल नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । स्वास्थ्य सेवा तथा औषधी पशल २४ सैँ घण्टा खुला गर्ने निर्णय गरिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्ने, खाद्यान्न तथा कृषि र पशुजन्य उत्पादन, तरकारी पसल स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै विहान ५ बजेदेखि बिहान ९ बजे सम्म दिनको एक पटक मात्रै खोल्न पाइने निर्णय गरिएको छ ।

फोटो विवरण उपलब्ध छैन।

कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

तर बजारदेखि ग्रामिण क्षेत्रमा निषेधाज्ञाको कडाइका साथ पालना नभएको गुनासो बढ्दै गएको छ । बाहिरबाट आएकाहरु परिवार र समुदायसंग घुलमिल हुने र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगर्दा गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ । निषेधाज्ञाको कडाइका साथ पालना नहुदा दिनदिनै संक्रमित थपिने क्रम बढ्दै गएको छ ।

दार्चुलामा नया भेरियन्टको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ३० पुगेको छ । जिल्लामा हाल सम्म छ जना कोरोना संक्रमितको ज्यान गएको छ । ३९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । अधिकासं समुदायमा मानिसहरु बिरामी भएर थला परेपनि परीक्षण हुन सकेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?