बैतडीका थप एक कोरोना संक्रमितको मृत्यु, ६० जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन नगरपालिका ८ का अन्दाजी ३४ बर्षीय पुरुषको आइतबार (आज) बिहान डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

उपचारका लागि दुई दिन अघि डडेल्धुरा अस्पताल लगिएका उहाँमा कोरोना पुष्टि भएको थियो ।

यसैबिच बैतडीमा आइतबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा एक जना र पीसीआर विधिबाट परीक्षण गर्दा थप ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै बैतडीमा सक्रिय संक्रमितको संख्या ९१५ पुगेको छ ।

आइतबार मेलौली नगरपालिकाका २७, शिवनाथ गाउँपालिकाका ११, दशरथचन्द नगरपालिकाका ७, डिलाशैनी गाउँपालिकाका ५, पञ्चेश्वर गाउँपालिकाका ४, सिगास गाउँपालिकाका ३, पाटन र सुर्नया गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३७५, पाटन नगरपालिकामा २०८, मेलौली नगरपालिकामा ५४ र पुर्चौंडी नगरपालिकामा २४ जना रहेका छन् । पञ्चेश्वर गाउँपालिकामा ७०, सिगास गाउँपालिकामा ५०, सुर्नया गाउँपालिकामा ३७, दोगडाकेदार गाउँपालिकामा ३४, शिवनाथ गाउँपालिकामा ३० र डिलाशैनी गाउँपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतबार बैतडीमा ६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?