दार्चुलामा पीसीआर परीक्षण न्यून, एन्टिजेन किट समेत अभाव

दार्चुला । दार्चुला जिल्लामा प्रयाप्त मात्रामा पोलिमरेज चेन रियाक्सन (पीसीआर) बिधिबार कोरोना परीक्षण हुन सकेको छैन् । जिल्ला भित्र पीसीआर मेसिन नहुनु र जिल्ला बाहिरका प्रयोगशालाहरुमा पठाउन समेत प्रयाप्त मात्रामा स्वाब संकलन नहुदा पीसीआर परीक्षणको दायरा बढ्न सकेको छैन् ।

जिल्लाका सबै स्थानीय तहमा संक्रमण फैलिएको अवस्थामा पीसीआर परीक्षण नहुदा एन्टिजेन परीक्षणको भरमा संक्रमितको पहिचान भइरहेको थियो । पछिल्लो समय एन्टिजेन किटको समेत अभाव हुन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सुदुरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ९५० किट मध्ये एक सय किट मात्रै मौजाद रहेकोले केहि दिन यता परीक्षणको दायरा ह्वात्तै घटाइएको छ ।

एन्टिजेन किट सकिएपछि लक्षणसहित गाउँगाउँमा थला परेका बिरामीहरुको समेत परीक्षण हुन सकेको छैन् । पीसीआर परीक्षणका लागि उपकरण अभाव र स्वाब संकलन भइहालेपनि जिल्ला बाहिर स्वाब पठाउनुपर्ने र रिपोर्ट आउन पनि ढिला हुने भएकाले सदरमुकामदेखि ग्रामीण क्षेत्रका लागि एन्टिजेन किट आवश्यक परेको बताइएको छ । गत वर्ष जिल्लामै पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय भएपनि कार्यान्वयन नहुदा कोरोना परीक्षणमा जिल्ला बाहिरका प्रयोगशालाको भर पर्नुपरेको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाले प्रदेश सरकारसँग थप किट माग गरे पनि आउने सुनिश्चितता भइनसकेको बताइएको छ । दार्चुलाका स्थानीय सरकारले प्रदेश र संघ सरकारकै मुख ताकेकाले हालसम्म आफैले किट खरिद गर्न पहल समेत गरेका छैनन् ।

दार्चुलामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३३३ पुगेको छ । संक्रमितमध्ये ४३ जना कोरोनामुक्त भएका छन् । संक्रमणका कारण चार जना पुरुष र दुई जना महिला गरी छ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?