पत्रकार मिश्रको पहलमा गोकुलेश्वर अस्पताललाई आर्थिक सहयोग

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालको लागि स्वास्थ्य सामग्री खरिद गर्न पत्रकार रामदत्त मिश्रको पहलमा आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।

कोभिड-१९ ले आक्रान्त भईरहेको यस विषम परिस्थितिमा उपहार मिडिया प्रा.लि. का प्रबन्ध निर्देशक तथा पत्रकार रामदत्त मिश्रको अगुवाइमा विभिन्न व्याक्तिहरुबाट २५ हजार २२५ रुपैँया गोकुलेश्वर अस्पताललाई सहयोग प्राप्त भएको डाक्टर नियाज अन्सारीले बताउनुभयो । सहयोगका लागि धन्यबाद व्यक्त गर्दै डाक्टर अन्सारीले अस्पतालको विकासका लागि सहयोग गर्न चाहाने संघसंस्था र व्याक्तिहरुले अस्पतालसंग सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

मिश्रले एक दिनमा उक्त रकम संकलन गरी अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । सामाजिक सञ्जालमा स्पष्ट रूपमा रकम र नाम उल्लेख गर्दागर्दै पनि व्यक्तिगत स्वार्थको लागि रकम संकलन गरेको भन्ने केही व्यक्तिहरूको प्रतिक्रियाका कारण एक दिन नबित्दै अभियानलाई स्थगित गर्नुपरेको उहाँको भनाई छ ।

मिश्रले भन्नुभयो, रोजगारीको लागि नेपाल बाहिर रहेकाहरूले सहयोग गर्ने इच्छा राखेका थिए तर स्थगित भएको जानकारी दिनुपर्दा दुःख पनि लाग्यो । कानुनलाई मध्यनजर गर्नुभन्दा पनि यस विषम परिस्थितिमा आत्मालाई साँक्षी राख्दै सहयोग रकम संकलन गरिएको उहाँले बताउनुभएको छ ।

पत्रकार मिश्रले शुरु गरेको आर्थिक सहयोग संकलन अभियानमा १७ जनाले आर्थिक सहयोग गर्नुभएको छ ।

फोटो विवरण उपलब्ध छैन।

सहयोगीहरुलाई धन्यबाद व्यक्त गर्दै गोकुलेश्वर अस्पतालले २५ हजार २२५ रुपैँया आर्थिक सहयोग प्राप्त भएको जानकारी दिएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?