जिल्ला अस्पताल दार्चुलामा थप एक कोरोना संक्रमितको मृत्यु

दार्चुला । दार्चुलामा थप एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ७२ वर्षीय पुरुषको सोमबार विहान ज्यान भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

दुहुँ गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दार्चुला सदरमुकाम खलंगा बस्दै आउनुभएका ति पुरुषमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको बोहराले बताउनुभयो ।

यो संगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

दार्चुलामा दोस्रो लहरको कोरोना फैलिएपछि ३३३ जनामा संक्रमण पुष्टि भएको छ । भने ४३ जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?