मार्मा गाउँपालिकाको एम्बुलेन्सले कोभिड र गाडीले ननकोभिड बिरामी बोक्दै

दार्चुला । मार्मा गाउँपालिकाले जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेको छ ।

गाउँपालिका भित्र कोरोना संक्रमित बढ्दै गएकोले गाउँपालिका अध्यक्ष जमन सिह धामीले प्रयोग गर्देै आएको से १ झ २८५ नम्बरको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो ।

गाउँपालिकासंग रहेको एम्बुलेन्स कोरोना संक्रमित भएका बिरामीको लागी प्रयोग हुन थाले पछि गाउँपालिका अध्यक्ष धामीले प्रयोग गर्दै आएको गाडीलाई कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स बनाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकासंग रहेको एम्बुलेन्स कोरोना संक्रमित बोक्न प्रयोग हुने भए पछि अन्य बिरामीहरु समस्यामा पर्ने भएकोले आफुले प्रयोग गर्दै आएको गाडीलाई कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्सको रुपमा निःशुल्क प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहर सुरु भए यता मार्मा गाउँपालिकामा २७ जना कोरोना संक्रमित फेला परेका छन । अहिलेसम्म मार्मा गाउँपालिकामा कोरोना संक्रमणको कारण एक जनाको ज्यान समेत गइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?